काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याए ।

advertisement

संयोजक दाहालले भने, माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ । अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ ।’ उनले पछिल्लो राजनीतिक परिस्थितिमा माओवादी कसरी अघि बढ्नुपर्छ भनेर केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको स्पष्ट पारे ।

माओवादीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरिसकेको छ । राजनीतिक दलभित्र पुस्तान्तरणसम्बन्धी बसहलाई निष्कर्षमा पुर्याउन माओवादीले मौजुदा केन्द्रीय समिति भङ्ग गरेर आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने पनि निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com