काठमाडाैं । महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी भएको छ।

मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखलामा २–२ को बराबरी भएको छ।

advertisement

यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।

तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो।

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन्। त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन्।

 

मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो। उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन्। माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन्।

नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लि। शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com