सिमकोट  । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ ।

सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताए ।

advertisement

सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा आज बिहान हिमपात भएको लामाले टेलिफोनमार्फत जानकारी दिए । हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।

त्यसैगरी सिमकोट गाउँपालिकाका उच्च क्षेत्रहरु पञ्चमुखी, रलिङ, सैपाललगायत खार्पुनाथका उच्च हिमालमासमेत हिमपात भएको छ । जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ ।

सदरमुकाम सिमकोटमा एक्कासी चिसो बढेको स्थानीय मुक्ति रावतले बताए । चिसोले विद्यालयमा विद्यार्थी उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए । एकमात्र विमानस्थलमासमेत वर्षाले उडान अवरुद्ध भएको छ ।

  • रासस

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com