काठमाडौं । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि दल दर्ताका लागि निर्वाचन आयोगमा दुईवटा निवेदन परेका छन् । आयोगमा दसैँअघि नै दुईवटा दलले निवेदन दिएका हुन् ।

असोज ७ गते धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले दल दर्ताको निवेदन दिएका थिए । उनले श्रम संस्कृति पार्टी नाम राखेका छन् । उनले चुनाव चिह्न माटोको ढिस्को माग गरेका छन् ।

advertisement

त्यस्तै, आयोगमा असोज ९ गते नेपाल नागरिक पार्टी दर्ताको निवेदन दिइएको थियो । अधिवक्ता सुरेन्द्र भण्डारी नेतृत्वको पार्टीले चुनाव चिह्न ‘जेनजीको जुत्ता’ माग गरेको छ ।

जेनजी आन्दोलनअघि नै आयोगमा उज्यालो नेपाल पार्टी दर्ताको निवेदन परेको थियो । ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा बलेको चिम चिह्न माग गर्दै दर्ताको निवेदन परेको हो । निवेदन दर्ताको प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

‘आएका निवेदनहरू प्रक्रिया पुगेपछि मात्रै दर्ता हुने हो । अहिले प्रक्रियामा नै छ,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

आयोगले आगामी फागुन २१ को निर्वाचनका लागि नयाँ दल दर्ताका लागि कात्तिक ३० गतेको समयसीमा तोकेको छ । कात्तिक ३० अघि नै दर्ताको प्रमाणपत्र लिएका दलको मात्रै मंसिर १ देखि १० गतेसम्ममा चुनावी प्रक्रियाका लागि दल दर्ता गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com