काठमाडौं । जेनजीको प्रतिनिधिका रूपमा सहजीकरण गर्दै आएका सुदन गुरुङले आफूहरूको नाम प्रयोग गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दाबी गरेका छन् ।

उनले जनता जागिसकेकाले आफूहरुलाई फुटाउने प्रयास नगर्न दलहरूलाई खबरदारी गरेका छन् ।

advertisement

साथै उनले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने दावी समेत गरेका छन् ।

‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भड्काइँदैछ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ’, मंगलबार सामाजिक सञ्जालमा गुरुङले लेखेका छन् । उनले अगाडि भनेका छन्, ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’

उनले राजनीतिक दलहरूलाई खबरदारी गर्दै भनेका छन्, ‘हामी चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन् हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् ।’

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com