विराटनगर । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू माथि प्रतिशोध साँध्ने गरि अघि बढे अर्को विद्रोह हुने चेतावनी दिएका छन्।
बस्नेतले सामाजिक संजालमा लेख्दै देशमा निर्वाचन गर्ने म्यान्डेट पाएको सरकारले आफ्नो कर्तव्य बिर्सेर प्रतिशोध साँध्ने गरि अघि बढे देश र जनताको तर्फबाट विद्रोह हुने चेतावनी दिएका हुन्।
गत राती बालुवाटारमा चार सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री कार्कीले नेताहरूलाई गिरफ्तार गर्ने विषय छलफल गरेको भन्दै विभिन्न सञ्चारमाध्यम आएको खबरप्रति लक्षित गर्दै बस्नेतले जेन-जी आन्दोलन अपहरणकर्ता सुदन गुरुङको लहडमा दलका नेताहरूलाई धरपकड गर्न खोजे खेलकुद महासंघ र नेपाली युवाहरू चुप लगेर नबस्ने बताएका छन्।
बस्नेतले सरकारले निर्वाचन गराएर लोकतान्त्रिक शक्तिहरूलाई राज्यसत्ता हस्तान्तरण गर्नुको सट्टा विभिन्न फण्डा गर्दै निर्वाचनको माहौल भाड्न खोजेको भन्दै निर्वाचन हुने वातावरण निर्माण गर्नमा सरकार लाग्नु पर्ने धारणा व्यक्त गरे ।
‘निर्वाचन हुनुपर्छ, प्रतिशोध साँध्ने सरकारी योजनाको प्रतिक्रियाले माहौल बिग्रिए सरकारले जिम्मा लिनुपर्छ’, बस्नेतले उल्लेख गरे ।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया