काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग-२०८२ ले जेन-जी आन्दोलनका दोषीलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने प्रष्ट पारेको छ । जेन-जी आन्दोलनको क्रममा भएको घटनाको अध्ययन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाइएको थियो । उक्त आयोगले आज विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा संलग जोकोहीलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएको हो ।

‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’– आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

advertisement

आयोगले आफूलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको रहेको स्मरण गराएको छ । सो कार्यादेश बमोजिम राय सहितका प्रतिवेदन प्राप्त भए पश्चात् नेपाल सरकारले कानून बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट जारी विज्ञप्तीप्रति आयोगको ध्यानाकर्षण भएको पनि बताइएको छ ।

जेन-जी आन्दोलनको अनुसन्धान आयोगको कार्यक्षेत्रभित्र पर्ने र नियमित संयन्त्रबाट कारबाही नहुने भन्ने गृह मन्त्रालयले निर्णय गरेको थियो । गृहको सही निर्णयबमोजिम भन्दै काठमाडौं प्रहरीले मृतक परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दायर गरेको जाहेरी बुझेर आयोगमै पठाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com