काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित भएको छ ।

हरेक वर्ष नवदुर्गा‌ मन्दिरमा कोजाग्रत पुर्णिमाको बिसर्जन पूजाको लागि राष्ट्रप्रमुख उपस्थित हुने परम्परा रहँदै आएको थियो ।

advertisement

यसवर्ष भने सुरक्षाका कारण राष्ट्रपति पौडेलको दर्शन कार्यक्रम स्थगित भएको बताइएको छ ।

राष्ट्रपतिको कार्यक्रम स्थगित भएपनि विधिवत् पूजाको लागी गुठी संस्थानका गुठी प्रशासक शैलेस राज कुँवर र राष्ट्रपतिका स्वकीय सचिव सुशील तिमिल्सिना पूजाआजका लागि पुगेका थिए ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com