काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको निर्वाचनको आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्। आज मंगलबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले तोकिएको चुनाव सम्पन्न गर्ने गरी वातावरण सिर्जना गर्न आग्रह गरेकी छन्।

‘चुनावको माहोल सिर्जना गरौँ, वातावरण बनाउने काममा लागौँ,’ प्रधानमन्त्रीले बैठकमा भनेकी थिइन्।
कार्कीले छिटै सर्वदलीय बैठक राखेर निर्वाचनबारे छलफल गर्न पनि भनेकी छन्।

advertisement

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा जानकीदेवी तुलाधर र सगुन शमशेर जबराले छलफल गरेका हुन्।

निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिका लगायतका बारेमा छलफल भएको हो।

जेनजी आन्दोलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पतन भएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीका कार्की नियुक्त भएकी हुन्।

अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com