काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने गम्भीर आरोप लागिरहँदा महानगर प्रमुख बालेन साहले कडा स्पष्टीकरण दिएका छन् ।

मंगलबार साँझ फेसबुकमार्फत एक विस्तृत विवरण सार्वजनिक गर्दै मेयर साहले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन रातदिन खटिएको दाबी गरेका हुन् ।

advertisement

उनले आन्दोलनका क्रममा ५५ पटक भन्दा बढी स्थानमा महानगरको दमकल परिचालन भएको र स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको उल्लेख गरेका छन् । मेयर साहले कुन कुन दिन कुन कुन स्थानमा दमकल पुग्यो, कहाँ कहाँ आगलागी निभाइयो सबै खुलाउने प्रयास गरेका छन् ।

साथै उनले आफूहरूले गरेको सबै कामको प्रमाण भएको पनि दाबी गरेका छन् ।

फेसबुकमा लामो स्टाटस राखेर भदौ २३ र २४ गतेपछिका घटनाक्रमहरू र महानगरले गरेका कामहरूको फेहरिस्त राखेका मेयर साहले लेखेका छन्, ‘हुँदै नभएका गलत आरोपहरू फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु ।’

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com