काठमाडौं। हाल (मंगलबार बेलुका) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाड भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली छ।
अनि सुदूरपश्चिम प्रदेशको पहाड भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिम भूभाग, बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रातभर कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाड भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ।
यस क्रममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका केही स्थान, कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया