काठमाडौं । अन्तर्राष्ट्रिय टी २० शृङ्खलाको फाइनलमा नेपाली महिला टिमले बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २ २ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

advertisement

मलेसिया घरेलु मैदानमा सिरिज राख्न चाहन्छ भने नेपाल सिरिज उचाल्दै स्वदेश फर्किन चाहन्छ। नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७स्४५ बजे सुरु हुनेछ।

 

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com