काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ।
उनका अनुसार बैठकमा आगामी केन्द्रीय विस्तारित बैठकका एजेन्डा तथा व्यवस्थापन, विपद् व्यवस्थापनमा पार्टीको भूमिका र सक्रियता, आगामी अभियानका तयारी, सद्भाव यात्राको कार्यक्रमसहितका विषयमा विस्तृत छलफल हुनेछ।
रास्वपाले केन्द्रीय विस्तारित बैठक कात्तिक १४ र १५ गतेका लागि तय गरेको छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया