काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित बिलासपुर जिल्लामा मंगलबार भएको भीषण पहिरोमा १५ जनाको ज्यान गएको छ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार, एक निजी बसमाथि पहाडबाट ठूलो पहिरो खस्दा बस पुरिँदा यो दुर्घटना भएको हो। मृतकमध्ये ९ जना पुरुष, ४ जना महिला र २ जना बालबालिका रहेका छन्।

advertisement

स्थानीय बासिन्दा र उद्धार टोलीले तीव्र प्रयासपछि घटनास्थलबाट २ बालबालिकालाई जिवितै उद्धार गर्न सफल भएका छन्।

यस दुःखद घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै मृतकका परिवार र घाइतेहरूका लागि राहत रकमको घोषणा गरेका छन्।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हिमाचल प्रदेशको बिलासपुरमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यो कठिन समयमा पीडित परिवारप्रति मेरो सहानुभूति छ।’

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com