काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेकाे छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएकाे थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया