काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने भाष्य कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुरू गरेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर यो भाष्य विश्वप्रकाशले सुरू गरेर माओवादीका अध्यक्ष प्रचण्डले त्यसमा घ्यू थपेको जिकिर गरे ।

advertisement

उनले भने, ‘पछिल्लो समय रवि लामिछानेहरू नो नट अगेनको नारा लिएर आउनुभयो । अरू शक्तिहरू पनि आए, स्वभाविक ढङ्गले मुलुक अघि बढेको भए पनि भ्रमको खेती सिर्जना गरियो ।’

उनले २३ र २४ गतेको जेनजी आन्दोलन हाइज्याक भएको पनि दाबी गरे ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com