काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले प्रयोग गर्दै आएका सरकारी गाडी बुधबार फिर्ता गरेका छन्।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, सरकारले खर्च कटौती र मितव्ययिता कायम राख्ने उद्देश्यसहित पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न निर्देशन दिएको थियो। सोही अनुरूप पूर्वसभामुख सापकोटाले गाडी सचिवालयमा बुझाएका हुन्।

advertisement

यसअघि पूर्वसभामुख ओनसरी घर्ती र कृष्णबहादुर महरा, साथै राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाले पनि सरकारी गाडी फिर्ता गरिसकेका छन्।

सचिवालयका अनुसार अब केवल पूर्वसभामुख तारानाथ रानाभाटले मात्र सरकारी गाडी फिर्ता गर्न बाँकी रहेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूले आफ्नो पदमा रहँदा सरकारी सवारी साधन प्रयोग गर्दै आएका थिए। तर पदबाट हटिसक्दा पनि सरकारी गाडी प्रयोग गरेको भन्दै पूर्व पदाधिकारीहरू प्रति जनस्तरमा समय–समयमा आलोचना भइरहेको थियो।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com