काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) कैलालीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध औपचारिक जाहेरी दर्ता गर्न पहल गरेको छ ।
अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले बुधबार जिल्ला प्रहरी कार्यालय, कैलालीमा पुगेर बालेन र गुरुङविरुद्ध जाहेरी पेश गरेका हुन् ।
तर, सो जाहेरी औपचारिक रूपमा दर्ता हुने प्रक्रिया भने अझै बाँकी रहेको प्रहरीले जनाएको छ । अखिलका अध्यक्ष खड्काले भने देशभरका जिल्ला शाखाहरूले क्रमशः जाहेरी दर्ता गर्ने तयारी पूरा गरिसकेको बताएका छन् ।
उनका अनुसार आजदेखि देशका सबै जिल्लामा बालेन र गुरुङविरुद्ध किटानी जाहेरी दर्ता सुरु हुनेछ ।
यसअघि मंगलबार काठमाडौंमा पनि अखिलले जिल्ला प्रहरी परिसरमा जाहेरी दिन पुगेको थियो । तर, सो जाहेरी त्यही दिन दर्ता हुन सकेको थिएन ।
प्रहरीले सो विषयमा सरकारी वकिलसँग परामर्श गरेर २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको थियो ।



प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












प्रतिक्रिया