पोखरा । म्याग्दीमा क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दुर्घटना बेनी नगरपालिका–९ तुसारेपानीमा भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ गइरहेको ग २ च ५९३० नम्बरको बोलेरो जिप बुधबार दिउँसो ब्रेक फेल भएर करिब १ सय मिटर तल खसेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

advertisement

दुर्घटनामा घाइते भएका सबै यात्रुहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बेनीमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा सिट क्षमताभन्दा धेरै यात्रु सवार रहेका थिए । दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com