काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताको बैठक बिहीबार बस्दैछ। कांग्रेसका एक पदाधिकारीका अनुसार पदाधिकारी बैठक ललितपुरमा बस्नेछ। तर कुन ठाउँमा भन्ने खुलाइएको छैन।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो। ‘केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने।

advertisement

पार्टीको नियमित महाधिवेशन गर्ने एजेण्डादेखि निर्वाचन र संसद् पुनः स्थापनाको मुद्दामा समेत बैठकमा छलफल हुनेछ। पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बोलाइएको छ।

 

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com