काठमाडौं ।  एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले भियतनामलाई खेलको पहिलो हाफसम्म १–१ को बराबरीमा रोकेको छ ।

भियतनामको हो चिमिन सहरको गो डाउ रङ्गशालामा जारी खेलमा पहिलो अग्रता भने भियतनामले लियो । खेलको नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो अग्रतामा दिलाएका हुन् ।

advertisement

त्यस्तै, खेलको १७औँ मिनेटमा नेपालका रोहन कार्कीको फ्रिकिकमा सनिस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित बनेको छ । भियतनामको गोल अवसरमा बाधा पुर्‍याएको भन्दै नेपालका लाकेन लिम्बूले सोझै रातो कार्ड पाएसँगै नेपाल १० खेलाडीमा सीमित बनेको हो ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com