एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा जस्तै युक्रेनमा शान्ति कायम गर्ने पहल गर्न आग्रह गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘यदि कुनै एक क्षेत्रमा युद्ध रोक्न सकिन्छ भने निश्चित रूपमा अन्य (रूस–युक्रेन) युद्ध पनि रोक्न सकिन्छ।’

advertisement

दुई नेताहरूबीचको सम्बन्धमा फेब्रुअरीमा नाटकीय रूपमा तनाव देखिए पनि अहिले उनिहरूबीच सम्बन्धमा न्यानोपन आएको छ। उनीहरूबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्तामा भनाभनको अवस्था सिर्जना भएको थियो।

यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही महिना यता जेलेन्स्कीलाई ‘राम्रो मान्छे’ भन्दै युक्रेनको लागि समर्थन कायम राखेका छन्। युक्रेन सन् २०२२ देखि रूसी आक्रमणविरूद्ध लडिरहेको छ।

यसअघि दुई नेताबीच गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com