सेसेल्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) सेसेल्सले दोस्रो महान् पर्व शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अध्यक्ष बलराम सिटौलाका अनुसार उक्त कार्यक्रम आउँदो आइतबार, अक्टोबर १९ मा साँझ ४ बजेदेखि राति १० बजेसम्म एम रेष्टुरेन्ट एण्ड आईल्यान्डमा हुने छ। कार्यक्रममा सेसेल्समा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।
सचिव थानेश्वर तिमल्सेनाका अनुसार कार्यक्रमको विस्तृत विवरण र सांगीतिक प्रस्तुति छिट्टै सार्वजनिक गरिनेछ। कार्यक्रममा नेपाली संस्कृतिलाई झल्काउने मनोरञ्जनका साथै नेपाली खानपानलाई विशेष प्राथमिकता दिइने जनाएको छ।
गैरआवासीय नेपाली संघ सेसेल्सले विदेशमा रहेका नेपालीबीच आपसी सम्बन्ध र सांस्कृतिक एकता बलियो बनाउने उद्देश्यसहित यस्ता कार्यक्रम गर्दै आएको छ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार













प्रतिक्रिया