काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुन दुई लाख ३५ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला तीन हजार १२५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार












प्रतिक्रिया