काठमाडौं । काठमाडौंको कपनस्थित पैयुटार पानी फ्याक्ट्री नजिक सडक दुर्घटनामा गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

मृतक सोलुखुम्बु घर भई हाल काठमाडौँको कपन बसोबास गर्दै आएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

advertisement

प्रवक्ता सुवेदीका अनुसार गए राति बा ८१ प ७३५ नम्बरको मोटरसाइकलमा सवार शेर्पा पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गर्दा पानी फ्याक्ट्री अगाडिको सडक खण्डमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका थिए ।

घाइते शेर्पालाई उपचारका लागि तत्काल काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले बचाउन नसकी आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com