महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै रु २९ लाख बराबरका पटका (विस्फोटक पदार्थ) सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई विभिन्न प्रकारका पटाकासहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पालको घरमा छापा मारेको थियो ।

advertisement

‘पालको घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ भेटिएको हो’, उनले भने, ‘अदालतबाट म्याद लिएर विस्फोटक पदार्थ ऐनअनुसार कार्बाही प्रक्रिया अघि बढ्छ ।’ उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिहार नजिकिएसँगै सीमानाकाबाट विस्फोटक पदार्थ भित्रिनसक्ने भन्दै प्रहरी नाकामा निगरानी बढाएको छ ।

 

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com