रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

गौर–१ स्थित सीमा नजिकको क्षेत्रमा घाँस काट्न गएका सात जनामध्ये राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको डुबेर ज्यान गएको हो ।

advertisement

स्थानीयका अनुसार, ती सातै जना बालिका घाँस लिन गौरतर्फ जाँदै गर्दा आकस्मिक रूपमा बाढीको पानीमा परेका थिए । स्थानीयवासीले चार जनालाई जिवितै उद्धार गरेका थिए भने तीन जनाको शव पानीबाट निकालिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यपछि ती बालिकाहरूको शव फेला पारेको हो ।

तीनै जना मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com