काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटी क्षेत्रमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा. प्र. ०१–००४ क ५३६२ नम्बरको टिपरले सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापालाई ठक्कर दिएको थियो।

advertisement

आइतबार राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com