काठमाडौं । उदयपुरको अधेरीमा सोमबार बिहान इलामबाट काठमाडौं आउँदै गरेको कारमा अचानक आगलागी भएको छ।
उदयपुरका डीएसपी केदारमान दोङका अनुसार बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका–७ अधेरीमा गुडिरहेका बेला अचानक आगोले त्रस्त भएको हो। आगलागीका कारण कार पूर्ण रूपमा जलेर क्षति भएको छ।
कारमा सवार ७ वर्षीय बालक आरोन सेनचुरी सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको डीएसपी दोङले जानकारी दिए। आरोन इलामको चुलाचुली गाउँपालिका–५ का ४२ वर्षीय प्रेमकुमार सेनचुरीका छोरा हुन्।
कारमा सवार प्रेमकुमार सेनचुरी, उनकी श्रीमती २७ वर्षीय अनिता सेनचुरी र १४ वर्षीय आयुष सेनचुरी भने सुरक्षित छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार













प्रतिक्रिया