काठमाडौं । पूर्वएआईजी देवेन्द्र सुवेदीमाथि पछिल्ला दिनहरूमा विभिन्न किसिमका धम्की आउन थालेका छन्। सुवेदीका निकटका अनुसार सामाजिक सञ्जालमार्फत र निजी सन्देशमार्फत उनीविरुद्ध भौतिक आक्रमण गर्ने चेतावनीहरू दिइँदै आएका छन्।

धम्की सुरु हुनुको कारण हालै सुवेदीले दिएको एक भिडियो अन्तर्वार्ता भएको बताइएको छ। उक्त अन्तर्वार्तामा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बन्धी केही विवादास्पद भनाइ दिएका थिए।

advertisement

सुवेदीले भदौ २४ गतेको जेन–जी प्रदर्शनअघि, अर्थात् प्रचण्डको खुमलटारस्थित निवासमा आगजनी हुनुको दुई दिनअघि, त्यहाँबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ सारिएको’ दाबी गरेका थिए।

उनको यही अभिव्यक्तिपछि माओवादी निकट व्यक्तिहरूबाट धम्की आउन थालेको सुवेदी निकट स्रोतले जानकारी दिएको छ।

यसैबीच, सोही अभिव्यक्तिलाई लिएर प्रचण्डको सचिवालयका तर्फबाट आइतबार (असोज २६) साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरिएको समेत स्रोतले जनाएको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com