जनकपुरधाम । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै लोसपाले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको पुष्टि गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठन भएको मधेस प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दिएको समर्थन आजकै मितिबाट फिर्ता लिइएको जानकारी गराइन्छ।’
लोसपाको तर्फबाट समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पार्टीका प्रदेश संसदीय दलका प्रतिनिधिहरूले बुझाएका हुन्।
लोसपाको समर्थन फिर्तासँगै मुख्यमन्त्री सतिश कुमार सिंहको सरकार गम्भीर संकटमा परेको छ। सिंहले मंगलबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका छन्।
यदि मुख्यमन्त्री सिंहले सभाबाट विश्वासको मत हासिल गर्न नसके संविधानको धारा १६८ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया