काठमाडौँ । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट विसं २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो ।
नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालका लेखेका छन् । “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”
इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल पुगेका थिए ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com