काठमाडौँ । लगातारको वर्षासँगै गएको बाढीपहिरोले इलाम जिल्लाभित्र हालसम्म ७ सय १८ जना प्रभावित भएका छन । ७ सय ५३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘जिल्लाभित्र ३९ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन, १३ जना घाइते उपचाररत छन, २ सय ९० घरमा पहिरो र बाढीले गर्दा पूर्ण क्षति पुगेको छ, कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले भने ।

advertisement

यस्तै विस्थापित भएका ३ सय ८९ जनाले आफन्तको आश्रयमा बसेका छन भने ११ जनालाई सामुदायिक भवनका राखिएको छ ।

‘विवरण संकलनको काम हिजोबाट भइरहेको छ, यो सङ्ख्या अझै बढ्नेछ,’ उनले थपे । राहत वितरणमा सरकारी निकाय, निजी क्षेत्र र स्थानीयको सहकार्य भइरहेको उनले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com