काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा उपस्थित हुने जनाइएको छ । उक्त घटनापछि देउवा पहिलो पटक सार्वजनिक हुँदैछन् । यसअघि बसेको पार्टी पदाधिकारी बैठकमा अनुपस्थित थिए ।

advertisement

जेन(जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस शीर्ष नेताहरूबीच केही दिनदेखि लगातार छलफल भइरहे पनि केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे टुंगो लाग्न सकेको छैन । आगामी मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न नसक्दा एजेण्डा टुङ्गो लाग्न नसकेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउन आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

केन्द्रीय समिति बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको छ ।

 

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com