काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

advertisement

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।

सो प्रकरणमा सुनको अवैध पैठारी, तस्करी  नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।

 

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com