काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्बोच्च अदालतमा रिटहरू दर्ताका लागि पेश हुनेक्रम चलेको छ । अदालतमा रिट दर्ता खुलेसँगै विभिन्न व्यक्तिहरू रिट लिएर गएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म तीनवटा रिट परेका छन् । रिटहरूमाथि अध्ययन भइरहेकाले दर्ता भइनसकेको उनले बताएका छन् ।
प्रतिनिधिसभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरेको एकजना निवेदक युवराज पौडेलले बताए ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया