काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक विवादको रिट दर्ता गरिएको छ। सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ले दायर गरेको रिटमा प्रधानमन्त्री कार्कीको नियुक्ति प्रक्रिया र त्यसपछिको प्रतिनिधिसभा विघटन दुवै संविधानविपरीत रहेको दाबी गरिएको छ।

रिट निवेदनमा भनिएको छ, ‘राष्ट्रपतिद्वारा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसपछि उहाँकै सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको कार्य संविधानको भावना र प्रावधानविपरीत भएकाले असंवैधानिक घोषणा गरी संविधानअनुसार नयाँ सरकार गठन गर्न आदेश दिइयोस्।’

advertisement

पौडेलले रिटमार्फत जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको हिंसात्मक घटनालाई मानवताविरोधी अपराधको रूपमा घोषणा गर्न पनि माग गरेका छन्। उनले सो घटनामा संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुपर्ने आग्रह गरेका छन्।

त्यसैगरी, भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवनलगायतका सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउन रिटमा अनुरोध गरिएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com