काठमाडौं । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो ।

अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।

advertisement

सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ, जसले १९३ देशमा भिसा बिना प्रवेश अनुमति पाउँछ । दोस्रो स्थानमा दक्षिण कोरिया १९० देशमा र तेस्रोमा जापान १८९ देशमा भिसा बिना प्रवेश पाउने हैसियतमा छन्।

इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत छ भने भारतीय पासपोर्ट ७७औं स्थानमा पुगेको छ।

सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा भारतले ८ स्थान सुधार गर्दा नेपाल यथास्थितिमा रहेको हो । भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा ।

नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । सन् २०२५ को पहिलो त्रैमासिकमा पनि नेपाल १०१ औँ स्थानमा थियो भने अघिल्लो वर्ष १०३ औँ स्थानमा रहेको थियो ।

 

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com