काठमाडौं । जेनजी आन्दोलनका युवाहरूले इजरायलमा हमासको अपहरणमा परी निधन भएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा बुधबार दीप प्रज्वलन गर्ने भएका छन्।

जेनजी अगुवा रक्षा बमका अनुसार, यो कार्यक्रम बुधबार अपरान्ह ५:३० बजे माइतीघर मण्डलामा आयोजना हुनेछ।

advertisement

सामाजिक सञ्जालमार्फत बमले उल्लेख गरेकी छन् कि, विपिन जोशीलाई हमासले बन्धक बनाइसकेपछि पनि तत्कालीन सरकारद्वारा रिहा गराउने पर्याप्त कूटनीतिक पहल नहुँदा उनी फिर्ता फर्किन सकेनन्।

बमले आफ्नो पोस्टमा लेखेकी छन्, ‘भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्तायो। हार्दिक श्रद्धाञ्जली विपिन। हामी तिमीलाई सधैं सम्झिरहनेछौं। वी आर सरी, वी कुड नट ब्रिङ यू होम।’

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com