काठमाडौं । जेनजी आन्दोलनका युवाहरूले इजरायलमा हमासको अपहरणमा परी निधन भएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा बुधबार दीप प्रज्वलन गर्ने भएका छन्।
जेनजी अगुवा रक्षा बमका अनुसार, यो कार्यक्रम बुधबार अपरान्ह ५:३० बजे माइतीघर मण्डलामा आयोजना हुनेछ।
सामाजिक सञ्जालमार्फत बमले उल्लेख गरेकी छन् कि, विपिन जोशीलाई हमासले बन्धक बनाइसकेपछि पनि तत्कालीन सरकारद्वारा रिहा गराउने पर्याप्त कूटनीतिक पहल नहुँदा उनी फिर्ता फर्किन सकेनन्।
बमले आफ्नो पोस्टमा लेखेकी छन्, ‘भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्तायो। हार्दिक श्रद्धाञ्जली विपिन। हामी तिमीलाई सधैं सम्झिरहनेछौं। वी आर सरी, वी कुड नट ब्रिङ यू होम।’
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया