काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो। यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य समेत बढेको छ। बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया