वासिङ्टन डीसी । इजरायल र हमासबीच गाजामा युद्धविराम सम्झौता लागू भएको छ । सम्झौता अनुसार हमासले अझै पनि आधाभन्दा बढी मृत बन्धकका शव फिर्ता गर्न बाँकी रहेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन् ।
युद्धविराम लागू भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको अवस्थाबारे प्रतिक्रिया दिँदै अमेरिकी सेना त्यहाँ पठाउने आवश्यकता नरहेको बताएका छन् । पत्रकारहरूले गाजामा अमेरिकी सैन्य संलग्नताको सम्भावना बारे प्रश्न गर्दा ट्रम्पले भने, ‘हामी यसलाई राम्रोसँग सम्हाल्नेछौँ । अमेरिका इजरायलको साथमा उभिएको छ, र हाम्रो समर्थनमा अन्य धेरै देशहरू पनि छन्।’
उनका अनुसार युद्धविराम सम्झौतामा अमेरिका मात्र होइन, अन्य शक्तिशाली देशहरूले पनि सहयोग गरेका छन् । ट्रम्पले हमासलाई कुनै पनि देशले समर्थन नगरेको दाबी गर्दै भने, ‘पहिले इरानले हमासलाई सहयोग गर्थ्यो, तर अहिले त्यो समर्थन समाप्त भएको छ।’
गाजामा जारी मानविय संकटबीच यो युद्धविराम सम्झौतालाई शान्तिप्रक्रियाको पहिलो कदमका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया