काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको बताएका छन् ।
शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जिल्लाका पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले बाहेकका सबै दल चुनावमा जान सहमत भइसकेको बताए ।
एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।’
संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतको रूपमा लिँदै यसले उठाएका विषय विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया