बङ्गलादेश । बङ्गलादेशका अभियोजन वकिलहरूले बिहीबार मुलुकबाट पलायन भएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय दिन अदालतमा माग पेश गरेका छन् ।
अभियोजनको आरोप अनुसार हसिनाले सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिए, जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले पनि यस झडपमा ठूलो सङ्ख्यामा जनधनको क्षति भएको पुष्टि गरेको छ ।
मुख्य अभियोजक ताजुल इस्लामले अदालत बाहिर पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी उहाँलाई उच्चतम सजायको माग गर्दैछौँ । एकल हत्याका लागि मृत्युदण्ड नियम हो, तर एक हजार चार सय हत्याका लागि कम्तिमा एउटा मृत्युदण्डको माग उचित छ ।’
अभियोजनका अनुसार ७८ वर्षीया हसिना यस घटनाको केन्द्रविन्दु थियाे, र जुलाई-अगस्ट विद्रोहको समयमा भएका सबै अपराधहरू उनको वरिपरि केन्द्रित थिए । मुद्दा दुई पूर्व वरिष्ठ अधिकारीहरूको अनुपस्थितिमा अघि बढाइएको छ ।
पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल फरार हुनुहुन्छ भने पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन हिरासतमा हुनुहुन्छ र दोषी ठहर भएको छ । अभियोजनले कमाललाई पनि मृत्युदण्डको सजाय भोग्नुपर्ने माग गरेको छ ।
जुन १ मा सुरु भएको मुद्दामा महिनौँको गवाही सुन्ने क्रममा हसिनाको भूमिकालाई आरोपको केन्द्रमा राखिएको छ । अभियोजनले भनेका छन्, ‘उनको लक्ष्य आफ्नै र आफ्नो परिवारका लागि स्थायी रूपमा सत्तामा टाँसिने थियो ।’
यसैबीच, हसिनाले गत वर्ष भारतबाट फर्कने अदालतको आदेशलाई अवहेलना गर्दै देशबाट भागेको तथ्य पुष्टि भएको छ ।
- रासस
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया