एजेन्सी । अधिकांश देशमा आफ्ना उत्पादन वितरण गर्दै आएको प्याकेजिङ कम्पनी नेस्लेले १६ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

कम्पनीको खर्च घटाउन र लगानीकर्ताको विश्वास जित्नका लागि सो कदम चालिएको कम्पनीले जनाएको हो ।सो कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत सीईओ फिलिप नावराटिलले सार्वजनिक रुपमा कर्मचारी कटौति गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

advertisement

स्वीस बहुराष्ट्रिय प्याकेजिङ कम्पनी नेस्लेले अमेरिकाले लगाउन थालेको चर्को आयात शुल्क जस्ता समस्या समेत भोग्नुपरेको जनाएको छ । सो कम्पनीमा विभिन्न देशबाट गरि २ लाख ७७ हजार कर्मचारी संलग्न रहेका छन् ।

 

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com