काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।

बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा पनि धेरै मानिसको मृत्यु भएको थियो। यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो।

advertisement

हसिना हाल भारतमा शरण लिएर बसेकी छिन्। बीबीसीका अनुसार, उनीविरुद्ध चलिरहेको मुद्दामा एउटा अडियो क्लिप बाहिरिएको छ, जसमा कथित रूपमा उनले सुरक्षा बलहरूलाई प्रदर्शनकारीहरूमाथि ‘घातक हतियारहरूको प्रयोग’ गर्न आदेश दिएको सुनिन्छ।

यद्यपि, हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन्।

गत वर्ष भएको यस हिंसामा करिब १,४०० मानिसको मृत्यु भएको थियो। यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ।

बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भने, ‘हसिनाले १,४०० मृत्युदण्डको सजाय पाउनुपर्छ।’

उनले थपेका छन्, ‘किनकि यो मानवीय रूपमा सम्भव छैन, त्यसैले हामी कम्तीमा एक पटक मृत्युदण्डको सजायको माग गर्दछौं ।’

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com