काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौंस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता गर्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो साढे २ बजेका लागि छलफल तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनका माग, आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, र पुनर्निर्माण प्रक्रियाको प्रगतिबारे कूटनीतिज्ञहरूसँग विचार विमर्श गर्ने कार्यक्रम रहेको बताइएको छ।
स्रोतका अनुसार छलफलको उद्देश्य नेपालको वर्तमान राजनीतिक स्थायित्व, आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण, र अन्तर्राष्ट्रिय समुदायसँगको समन्वय सुदृढ बनाउने रहेको छ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया