काठमाडौं । जेनजी आन्दोलनका नेता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानअन्तर्गत नयाँ पार्टी खोल्ने तयारीमा रहेको जानकारी दिएका हुन्। उनले जेनजी आन्दोलनले देशमा नयाँ राजनीतिक अवसर सिर्जना गरेको र अब राजनीतिक रूपान्तरणका लागि पार्टी गठन अपरिहार्य भएको बताए।

advertisement

तर उनले अहिलेसम्म पार्टी खोलिएको भए पनि हालको अवस्थामा निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे। उनले भिडियोमा भनेका छन्, ‘जबसम्म हाम्रो बटमलाइन—प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी—नबनेसम्म हामी निर्वाचनमा सहभागी हुने छैनौँ।’

ढुङ्गानाले आमूल परिवर्तनको लागि शान्तिपूर्ण तर डटेर अघि बढ्ने योजना बनाएको र पार्टी गठन प्रक्रियाका लागि वार्ता समिति गठन गरिएको पनि जानकारी दिए। आगामी कात्तिक १ गते प्रेस मिट मार्फत यसबारे थप विवरण सार्वजनिक गर्ने उनले बताएका छन्।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com