काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल सरकार विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्नु भएको बताए।

सरकारका प्रवक्ता समेत रहेका खरेलले भने, ‘सरकार जे जति राज्यका संयन्त्रहरू छन्, ती सबैमार्फत विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्छ। यसमा कुनै दुविधा नहोस्। यो सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्ने कुरा नै हो। विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ। त्यसमा कुनै आलटाल हुँदैन। विधिसम्वत् हिसाबले नै अगाडि बढ्छ।’

advertisement

यो सरकार जेनजी आन्दोलनमा बनेको सरकार भएकाले जेनजीको सरकार भन्न मिल्ने उनको तर्क छ। उनले यो सरकार सबै राजनीतिक दलको समर्थनमा बनेको जिकिर गरे।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com