काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पार्टी नेतृत्वमा रहेका व्यक्तिहरूले आफू कसको प्रभावमा वा प्रतिनिधित्वमा छन् भन्ने खुला रूपमा स्वघोषणा गर्नुपर्ने बताएका छन्।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थापाले पार्टीभित्र पारदर्शिता र विश्वास कायम गर्न नेतृत्व तहका सबैले आफ्नो निष्ठा र सम्बन्ध स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए।

advertisement

उनले भने, ‘पार्टीको नेतृत्वमा रहेका साथीहरूबीच अझ स्पष्टता र विश्वासको वातावरण बनाउनु जरुरी छ। को–को कसका प्रतिनिधि वा एजेन्टका रूपमा काम गरिरहेका छौं भन्ने कुरा अब स्वघोषणा गर्नु समयको माग हो।’

बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com