काठमाडाैं । विपिन जोशीको शव आइतबार नेपाल ल्याइने भएको छ ।

इजरायलको बेन गुरियन विमानस्थलमा आइतबार विपिनको सम्झनामा औपचारिक समारोह आयोजना गरी सोही दिन नेपाल पठाइने तयारी गरिएको छ ।

advertisement

इजरायली विदेश मन्त्रालयका अनुसार सो समारोहपछि विपिनको शव नेपाल पठाइने व्यवस्था मिलाइएको छ ।

एसजीओटी जीभ लाभान्वित केन्द्रका प्रतिनिधिहरूले विपिनको सम्झना सधैं आफ्नो हृदयमा रहने बताएका छन् । ती अधिकारीहरूले उनको साहस, परिश्रम र आत्माको कदर कहिल्यै बिर्सिन नसकिने समेत बताएका छन्।

उनी अध्ययनको क्रममा दक्षिण इजरायलको एक किब्बुजमा रहेका थिए। युद्ध सुरु भएको दिन अपहरणमा परेका उनलाई दुई वर्षपछि मृत घोषणा गरिएको थियो। इजरायलमा विपिनको शव आइसकेपछि औपचारिक सम्झना गरी शव नेपाल पठाउन लागिएको हो।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com